निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७८
|
|
१९ पटक हेरिएको
Shares
निर्वाचन आयोगको आचारसंहिता पालना गर्न एमाले तयार

सारांश

  • नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ ।
  • एमालेका महासचिव शंकर पोखरेलले आज बिहीवार निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो ।
  • लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो ।

नेकपा एमालेले निर्वाचन आयोगले बनाएका आचारसंहिता पालनामा प्रतिबद्ध रहेको जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज बिहीवार निर्वाचन आयोगमा पुगेर आयोगले जारी गरेको आचारसंहितामा एमालेका केही असहमति रहे पनि यसको कार्यान्वयनमा प्रतिबद्ध रहेको जनाउनुभएको हो ।

लोकतन्त्रका आधारभूत प्रणालीलाई निर्वाचन आयोगले पनि सम्मान गर्नुपर्ने कुरा आयोगलाई लिखित रूपमै दिइएको पोखरेलले बताउनुभयो । चुनावको प्रचारप्रसार खर्चिलो नबनाउन सामाजिक सञ्जालको प्रयोग बढाउनुपर्ने र आयोगले पनि यो विषयमा विचार पुर्‍याउनुपर्नेमा जोड दिइएको पोखरेलको भनाइ छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले चुनावी प्रचार नै गर्न नपाउने कानुन लोकतन्त्रका लागि सुहाउँदो नभएकाले भविष्यमा यस्ता व्यवस्था परिवर्तन हुनुपर्ने एमालेको धारणा रहेको पोखरेले बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले चुनाव प्रचार गर्न नपाउने विषयले अहिलेको सत्ता पक्षलाई मात्रै नभइ आउँदा दिनमा अरू सरकारका लागि पनि अप्ठेराे पर्ने भएकाले यसमा सहमत हुन नसकिने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?