भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
सारांश
- काठमाडौं।
- दिपावलीका अवसरमा करिब ३ करोड रुपैयाँ सहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ।
- पक्राउ परेका जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटामाथि सुनुवाई गर्दै बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो।
काठमाडौं। दिपावलीका अवसरमा करिब ३ करोड रुपैयाँ सहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेलाई सात दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ। पक्राउ परेका जुवाडेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटामाथि सुनुवाई गर्दै बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो।
यही कात्तिक १० गते बिहान काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्ग्स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया