आखिर के नराम्रो छ यो गीतमा रु अधिकांश कलाकारहरुले गरिरहेछन् आलोचना

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आखिर के नराम्रो छ यो गीतमा रु अधिकांश कलाकारहरुले गरिरहेछन् आलोचना

सारांश

  • काठमाडौं।
  • पछिल्लो समय गायक आर्जन पाण्डेले स्वर दिएको ‘घाँटी भन्दा तल’बोलको गीतले रिलिज भएको केही दिनमा आलोचना खेप्नु परेको छ।
  • उनको यो गीतको अहिले चौतर्फी आलोचना भइरहेको छ।

काठमाडौं। पछिल्लो समय गायक आर्जन पाण्डेले स्वर दिएको ‘घाँटी भन्दा तल’बोलको गीतले रिलिज भएको केही दिनमा आलोचना खेप्नु परेको छ। उनको यो गीतको अहिले चौतर्फी आलोचना भइरहेको छ।खासगरी शब्दलाई लिएर गीतको चौतर्फी आलोचना भइरहेको हो। निर्माता तथा अभिनेता दिपकराज गिरीले यस गीतमाथि व्यंग्य गर्दै आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनि मात्रै आयो। भोलि नाइटो भन्दा मुनि मात्रै आउला। त्यसपछि कम्मर। हैट।’


त्यस्तै गीतमाथि व्यंग्य गर्दै कलाकार निर्मल शर्माले आफ्नो फेसबुक वालमा गीत सेयर गर्दै लेखेका छन्, ‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ– घाँटी भन्दा तल त राम्री नै छे । भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस्।’ उनले अगाडि लेखेका छन्, ‘म महिलाहरुलाई ३३ प्रतिशत होइन ५० प्रतिशत नै हुनुपर्छ भन्ने पक्षमा छु । र महिला हिंसाविरुद्धमा आवाज उठाउनेहरुको कानसम्म पुगोस् यो गीत।’

निर्मलले केही समयअघि एउटा अर्को स्टाटस लेखेका छन्। जसमा मोडल रिमा विश्वकर्मालाई सांकेतिक व्यंग्य गरिएको छ। जसमा लेखिएको छ, ‘मार्केटमा दुईथरी सेलिब्रेटी। एकथरी चुपचाप मेहनत गर्नेहरु, अर्कोथरी आदर्श छाँट्दै गती छाड्नेहरु।’गीतमा मोडल रिमा विश्वकर्माले अभिनय गरेकी छिन्। गीतसँगै महिलाको विषयमा आवाज उठाइरहने उनले यस्तो गीतमा अभिनय गरेको भन्दै उनकोसमेत आलोचना भइरहेको छ। गायिका आस्था राउतले लेखेकी छिन् ‘यो लेख्ने र गाउनेको त तलदेखि माथिसम्म केही पनि राम्रो छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?