चुनावको अघि पुल बनाउ नापजाँच
सारांश
- मुस्ताङ, २६ कार्तिक।
- पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्।
- गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।
मुस्ताङ, २६ कार्तिक। पहिलो चरणको प्रतिनिधिसभा चुनाव ठिकअघि मुस्ताङमा पुल बनाउने भन्दै जिल्ला इन्जिनियरले नापजाँच गर्न टोली खटाएका छन्। गत स्थानीय चुनावको समयमा ढुम्बावासीलाई पुल बनाइदिने भन्दै त्यस समयमा वाणिज्य मन्त्री तथा हालका प्रतिनिधिसभाका उम्मेदवार रोमी गौचनले आश्वासन दिएका थिए।
तर चुनावी सकिएको लामो समयसम्म पनि काम अघि बढ्न नसकेपछि स्थानीय बासिन्दाले चुनाव प्रचारमा आएका गौचनसँग प्रश्न गरेका थिए। त्यस लगत्तै जिल्लाका इन्जिनियर रवीन्द्र तिवारीले प्राविधिक टोली पठाएर सर्वे गर्न लगाएका थिए। तर स्थानीय बासिन्दा र अन्य राजनीतिक दलहरुले सरकारी योजना नभएको र कुनै भावी गुरुयोजना समेत नभएको ढुम्बा खोलामा पूलको नक्कली सर्भे गरेर ढाट्न खोजेको आरोप लगाएका छन्।
‘नापजाच गरेपछि जनताले पत्याउँछन् भन्ने काग्रेसको रणनिति उदाङ्गो भएको छ ।जिल्लाको बहालवाला ईन्जिनीयरले कुनै बिभागिय पत्र बिना पूलको सर्भे र लागत ईष्टमेट गर्न फिल्डमा जानु निर्वाचन आचारसहिंता बिपरित भएको एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रेम प्रसाद तुलाचनले बताए ।
उनले निर्वाचन नजिक आईरहेको बेला सरकारी कार्यालयका कर्मचारीले यसप्रकारको गतिबिधि गर्न आचारसहिता उलङ्घन भएको बताए।
जिल्ला ईन्जिनीयर रबिन्द्र तिवारीले आफुले पूलको सर्भे गराउँन पठाउँन गम्भिर भूल भएको भन्दै माफी मागेका छन् ।
मुस्ताङसहित ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते चुनाव हुँदैछ ।
(Valium)
प्रतिक्रिया