ऊनी धागो कारखानामा भीषण आगलागी

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२९ पटक हेरिएको
Shares
ऊनी धागो कारखानामा भीषण आगलागी

सारांश

  • काठमाडौं, १४ पुस ।
  • काठमाडौंको गोकर्णेश्वरमा रहेको ऊनी धागो कारखानामा आज विहान आगलागी भएको छ ।
  • बिहान ४ बजेदेखि लागेको आगो साढे ७ बजे मात्रै पूर्णरूपमा नियन्त्रणमा लिएको वृत्तका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए ।

काठमाडौं, १४ पुस । काठमाडौंको गोकर्णेश्वरमा रहेको ऊनी धागो कारखानामा आज विहान आगलागी भएको छ । बिहान ४ बजेदेखि लागेको आगो साढे ७ बजे मात्रै पूर्णरूपमा नियन्त्रणमा लिएको वृत्तका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए ।

आगो निभाउन नेपाली सेनाका तीनवटा, काठमाडौं महानगरपालिकाको दुई, ललितपुर महानगर र ठिमी नगरपालिकाको एक एक वटा गरी सात वटा दमकल प्रयोग गरिएको थियो । कारखानामा रहेको मेशिन सट भएर आगो लागेको प्रहरी सहायक निरीक्षक श्रेष्ठले जानकारी दिए । आगलागी बाट दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?