ट्याक्सीमा मिटर भाडा बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
ट्याक्सीमा मिटर भाडा बढ्यो

सारांश

  • काठमाडौं ।
  • अबदेखि ट्याक्सीको मिटरमा भाडा बढेको छ नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजन गरी भाडा बढाएको हो ।
  • विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णय भएको थियो ।

काठमाडौं । अबदेखि ट्याक्सीको मिटरमा भाडा बढेको छ नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजन गरी भाडा बढाएको हो ।

विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णय भएको थियो । निर्णय कार्यान्वयन गर्दै मंसिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा बढाएर काम अघि बढाइएको छ ।

अहिलेसम्म ट्याक्सीमा दुई हजार २ सय वटा ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको छ। मिटर र प्रिन्टर मेसिन ठीक छ छैन हेरेर मिटरमा भाडा समायोजनको काम अगाडि बढाएको विभागले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६ सय वटा मिटर ट्याक्सी सञ्चालनमा छन् ।

विभागले दैनिक ८० देखि सयवटा ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा ५० रुपैयाँ मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा ५३ रुपैयाँ उठ्नेछ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघले ट्याक्सीमा भाडा समायोजन गरेसँगै व्यवसायीलाई थोरै भए पनि राहत हुने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?