रेशम चौधरीलाई आज सपथ गराइँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रेशम चौधरीलाई आज सपथ गराइँदै

सारांश

  • काठमाडौं।
  • कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचिन राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराइने भएको छ।
  • डिल्ली बजार जेलमा रहेका चौधरीलाई आज विहान ११ बजे सथप ग्रहण गराउने तयारी भएको हो।

काठमाडौं। कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचिन राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराइने भएको छ। डिल्ली बजार जेलमा रहेका चौधरीलाई आज विहान ११ बजे सथप ग्रहण गराउने तयारी भएको हो।

सात भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित सात सुरक्षाकर्मीको हत्या भएपछि फरार रहेको चौधरीले फागुन १४, २०७४ मा आत्मसमपर्ण गरेका थिए। चौधरीलाई टीकापुर घटनाका मुख्य योजनाकार ठहर गरिएको थियो।

भूमिगत अवस्थाबाटै राजपाकातर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरी भारी मतले विजयी बनेका थिए।
सरकारलाई बाहिरै बसेर समर्थन गरेको राजपाले जनताबाट निर्वाचित चौधरीलाई सपथ ग्रहण गराउन सरकारलाई दबाब दिँदै आएको थियो। केही दिन अगाडि राजपा नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर चौधरीलाई सपथ ग्रहण गराउन माग गरेका थिए। प्रधानमन्त्रीले राजपाको मागका विषमया एकहप्ताभित्र जवाफ दिने बताएको करिव एकहप्तापछि सरकारले चौधरीलाई सपथ गराउने तयारी गरेको हो। बिहीबार सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ गराउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?