तीन सय पचपन्न मुद्दा फछ्र्योट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
तीन सय पचपन्न मुद्दा फछ्र्योट

सारांश

  • सुर्खेत, १९ पुस ।
  • सुर्खेत जिल्ला अदालतले पाँच महिनाको अवधिमा ३ सय ५५ मुद्दा फछ्र्योट गरेको छ ।
  • अदालतमा दर्ता भएका ८ सय ८६ मुद्दामध्ये ३ सय ५५ वटा फछ्र्योट भएको र ५ सय ३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताए ।

सुर्खेत, १९ पुस । सुर्खेत जिल्ला अदालतले पाँच महिनाको अवधिमा ३ सय ५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८ सय ८६ मुद्दामध्ये ३ सय ५५ वटा फछ्र्योट भएको र ५ सय ३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताए ।

उनका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताए । उनले अदालतमा पुराना मुद्दा बाँकी नरहेको जानकारी दिए ।

अदालतको तथ्यांकअनुसार एक वर्षदेखि १८ महिनासम्मका तीन थान मात्र मुद्दा फछ्र्योट गर्न बाँकी छ । दार्ता भएका अधिकांश मुद्दा जबर्जस्ती करणीका छन् । पाँच महिनाको अवधिमा ४४ जबर्जस्ती करणी २८ बहुविवाह, १० जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । त्यसैगरी लागुऔषधका ३४, घरेलु हिंसाका १६ र बालविवाहका दुई मुद्दा दर्ता भएका उक्त अदालतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?