चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)

सारांश

  • काठमाडौं, पुस १४ ।
  • जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक भएको छ ।
  • फिल्मको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘साइनो’ फिल्ममा समावेश गीतको रिमिक्स भर्सन हो ।

काठमाडौं, पुस १४ । जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘साइनो’ फिल्ममा समावेश गीतको रिमिक्स भर्सन हो ।

कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ‘झमक बहादुर’मा भने ओम सुनारले रिमिक्स गरेका हुन् । रिमिक्समा ओमसँगै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ । निर्देशक भोमन कटुवालले क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाई नयाँ पुस्तालाई मनपर्ने शैलीमा तयार पारेका छन् ।

मिनकुमार तामाङको निर्माण रहेको फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक कटुवालका अनुसार, झपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमेडीलाई फिल्म ‘झमक बहादुर’मा देखाइएको छ ।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा राजु किरातको द्वन्द्व, अनिलकुमार महर्जनको सम्पादन, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्पादन, राजन, सूर्य र सलिनाको कोरियोग्राफी रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदुरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
सुदुरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षकमाथि छानविन सुरु
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
जबजले बनाएको राजमार्ग छोडेर कुन गोरेटोतिर लाग्ने कमरेड ?
सोमबारको राशिफल
सोमबारको राशिफल
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
नयाँ वर्षदेखि मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने, नेपाली कामदारलाई पनि फाइदा
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
डीपीएल– २ मा यसरी जोडिए चर्चित गायक प्रमोद खरेल
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
श्रमदानबाट घरघरमा खानेपानीको सुविधा
श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

तपाईंले छुटाउनुभयो कि?