बुम महिला बास्केटबल शनिबारदेखि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बुम महिला बास्केटबल शनिबारदेखि

सारांश

  • काठमाडौँ,२० पुस ।
  • तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
  • नेशनल क्रिएटिभ को–एजुकेशनल एनसिसिएस र विशाल मिलन केन्द्र बिएमकेको संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

काठमाडौँ,२० पुस । तेस्रो बुम महिला बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।नेशनल क्रिएटिभ को–एजुकेशनल एनसिसिएस र विशाल मिलन केन्द्र बिएमकेको संयुक्त आयोजनामा हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन साइपाल क्लब, एनसिसिएस, बिएमके, काठमाडौँ नर्थ प्वाइन्ट क्लब, समृद्धि गोरिल्लाज र जेभियरले प्रतिष्पर्धा गर्नेछन् ।

राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने खेलको शीर्ष चार स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले पुनःफाइनल पुग्न तेस्रो र चौथो स्थानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न करीब रु दुई लाख ५० हजार खर्च हुने अनुमान आयोजकको छ । आठदिने प्रतियोगिताका खेल चण्डोलस्थित बिएमकेको कोर्टमा हुनेछ ।

(https://mundonow.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै
सिद्धबाबा कारागार चलान
सिद्धबाबा कारागार चलान
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
नेपाली चलचीत्र मेरो गितको शुभमुर्हत। (भिडियो सहित)
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
बैशाख २९ गते बुधवारको राशिफल यस्तो छ
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर

तपाईंले छुटाउनुभयो कि?