कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाको मृत्यु
सारांश
- बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुईजनाको मृत्यु भएको छ।
- बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र मोटरसाइकल सवार सोहि स्थानका अर्का युवाक २८ वर्षीय सविन लिम्बूको मृत्यु भएको हो।
- करिब ११ बजेतिर बिहान भएको कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाकोउपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।
बिहीबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल एकआपसमा ठोकिंदा दुईजनाको मृत्यु भएको छ।बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ का २१ वर्षिय सन्जुहाङ् लिम्बू र मोटरसाइकल सवार सोहि स्थानका अर्का युवाक २८ वर्षीय सविन लिम्बूको मृत्यु भएको हो।
करिब ११ बजेतिर बिहान भएको कार र मोटरसाइकल एक आपसमा ठोकिदा २ जनाकोउपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनु भएको छ । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरि कारबाहीको प्रकृया अगाडी बढाइएको उनले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया