अर्थ समितिले पारित गरेको लेखा परीक्षणसम्बन्धि विधेयकमा के छ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
५० पटक हेरिएको
Shares
अर्थ समितिले पारित गरेको लेखा परीक्षणसम्बन्धि विधेयकमा के छ?

सारांश

  • काठमाठौं।
  • संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ।
  • समितिको आइतबार सिंहदरबारमा बसेको समितिको ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो।

काठमाठौं। संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ।

समितिको आइतबार सिंहदरबारमा बसेको समितिको ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो। समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर सो विधेयक पारित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

पारित गरिएको विधेयकमा राष्ट्रिय धनमाथि हानी वा नोक्सान भई तत्काल कार्वाही गर्नुपर्ने देखिएमा कुनै पनि बेला महालेखा परीक्षकले प्रतिवेदन तयार पारी राष्ट्रपति वा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ। राष्ट्रिय धनमाथि हानि वा नोक्सान पुर्याउने खालका गतिविधि भई तत्काल कार्वाही गर्न आवश्यक देखिएमा महालेखा परीक्षकले सो सम्बन्धमा आफ्नो प्रतिवेदन कुनै पनि बेला राष्ट्रपति वा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने नयाँ व्यवस्था विधेयकमा गरिएको पनि समितिका सभापति दाहालले बताए। यस अघि महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन मात्रै बुझाउँदै आएको थियो।

विधेयकमा लेखा परीक्षणसम्बन्धि ऐन कार्यान्वयनका लागि आवश्यक नियम बनाउने अधिकार महालेखा परीक्षकको कार्यालयलाई दिइएको छ। सरकारसँग परामर्श गरी लेखा परीक्षणसम्बन्धि ऐन कार्यान्वयनका लागि आवश्यक नियम बनाउने अधिकार महालेखा परीक्षकको कार्यालयलाई नै दिने व्यवस्था पनि विधेयकमा गरिएको सभापति दाहालले बताए।

बैठकमा समितिका सदस्यहरुले भ्रष्टाचार नियन्त्रण हुने गरी लेखा परीक्षणको काम कार्वाहीलाई अघि बढाउन सरकारलाई सचेत गराएका थिए। पूर्व प्रधानमन्त्री समेत रहनु भएका समितिका सदस्य डा. बाबुराम भट्टराईले मुलुकमा सुशासन कायम हुने गरी लेखा परीक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिकी अर्का सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय हितलाई ध्यानमा राखेर लेखा परीक्षणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले अन्तर्राष्ट्रिय लेखा परीक्षणको विषयलाई प्रवेश गराएर राष्ट्रिय हित प्रतिकूल हुनेगरी लेखा परीक्षण गराउने काम गर्न नहुनेतर्फ सरकारलाई सचेत रहन पनि आग्रह गरिन्।

गत श्रावण २१ गते प्रतिनिधिसभाको बैठकबाट सो विधेयक छलफलका लागि समितिमा पठाइएको थियो। समितिले अर्थमन्त्री, महालेखा परीक्षक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल छलफल गरी सो विधेयक परिमार्जनसहित पारित गरेको हो।

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल
बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : रामचन्द्र पौडेल
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिटानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
निर्मला पन्त बलात्कार प्रकरण: निलम्बित एसपी  बिष्टले बुझाए लिखित जवाफ
निर्मला पन्त बलात्कार प्रकरण: निलम्बित एसपी बिष्टले बुझाए लिखित जवाफ
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
दलहरुद्वारा चुनावी चहलपहल तीव्र
दलहरुद्वारा चुनावी चहलपहल तीव्र
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
तिहारको झिलिमिली बत्तीमा करोडौँ खर्च !
तिहारको झिलिमिली बत्तीमा करोडौँ खर्च !
खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी
खुसीको खबर’ कोरोना संक्रमितभन्दा डिस्चार्ज हुने बढी
‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’
‘सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ’