नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाली कामदार जापान लैजान जापानको सक्रियता, राजदूतले श्रममन्त्रीलाई भेटे

सारांश

  • काठमाडौं ।
  • जापानले नेपालबाट पनि दक्ष कामदार भित्र्याउने कानुन बनाएसँगै नेपालका लागि नयाँ रोजगार गन्तव्य जापानलाई बनाउन दुई देशका बीच छलफल अघि बढेको छ ।
  • नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकण विष्टसँग शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं । जापानले नेपालबाट पनि दक्ष कामदार भित्र्याउने कानुन बनाएसँगै नेपालका लागि नयाँ रोजगार गन्तव्य जापानलाई बनाउन दुई देशका बीच छलफल अघि बढेको छ । नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकण विष्टसँग शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा जापानी राजदूत साइगोले नेपालबाट जापान कामदार कसरी लैजाने भन्ने विषयमा छलफल गर्न एक जापानी प्रतिनिधिमण्डल नेपाल आउन लागेको जानकारी दिए । उनले नेपालबाट पारदर्शी रुपमा प्रतिस्पर्धाका आधारमा दक्ष कामदार लैजान जापान सकरात्मक रहेको बताए । उनले दुई देशबीच एक संयन्त्र बनाउनुपर्ने बताएका छन् ।

सो अवसरमा मन्त्री विष्टले कामदारलाई पारदर्शी ढंगबाट जापान पठाउनुपर्ने बताए । उनले नेपाली युवाहरुका लागि जापानले रोजगारी उपलब्ध गराउने तयारी गरेकमा त्यसको स्वागत गर्दै त्यसका लागि नेपाल सरकारले आवश्यक सबै पहल गर्ने बताए । उनले कामदारहरु नठगिउन भन्ने विषयमा सचेत रहेनुपर्ने र त्यसका लागि सरकारी स्तरमा एक संयन्त्र बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?