अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३०, २०७५
|
|
५४ पटक हेरिएको
Shares
अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट

सारांश

  • काठमाडौं ।
  • आगामी वर्षदेखि कोरियामा रोजगारीका भाषा परीक्षा अनलाईनबाट हुने भएको छ ।
  • सन् २०२० देखि कोरिया जाने कामदारले भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।

काठमाडौं । आगामी वर्षदेखि कोरियामा रोजगारीका भाषा परीक्षा अनलाईनबाट हुने भएको छ । सन् २०२० देखि कोरिया जाने कामदारले भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।

अहिलेसम्म कोरिया जानेहरुले कोरियन भाषा परीक्षा पास गर्दा कागजमा लेखेर दिने गरेका छन् । अबदेखि कागज प्रणाली हटाएर कम्प्युटर मार्फत गरिने भएको छ । अनलाइन परीक्षा घरमा बसेर दिने नभई परीक्षा केन्द्रमा पुगेर कम्युटर मार्फत दिने व्यवस्था मिलाइने विभागले जनाएको छ ।

तोकिएको परीक्षा केन्द्रमा पुगेर रोजगारीका लागि जाने व्यक्तिले छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने व्यवस्था गरिने बताइएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा अनलाइन प्रणालीमार्फत हुने भएको हो । आगामी वर्षदेखि अनलाइन परीक्षा गराउने तयारीमा रहेको इपिएस शाखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?