संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
सारांश
- काठमाडौ १,माघ।
- क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलमा दाउफिन्स फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौ १,माघ। क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पराजित गर्दै सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा आज भएको क्वार्टरफाइनलमा दाउफिन्स फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा विदेशी खेलाडी एलोन म्याक्श्वेलले निर्णायक गोल गरे ।
संकटाले अब बिहीबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्ने छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया