हत्या आरोपी समात्न गोली प्रहार
सारांश
- बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्यामा संलग्न भएको आशंकामा बर्दियाबाट प्रहरीले एक जनालाई गोली प्रहार गरि पक्राउ गरेको छ ।
- प्रहरी देखेपछि भाग्न खोज्ने युवराज गिरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बायाँ खुट्टामा गोली हानी पक्राउ गरेको हो ।
- पक्राउ गर्ने क्रममा गिरीले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको प्रहरीले बताएको छ ।
बाँकेको कोहलपुरमा नेपाल प्रहरीको असई पदमा भर्ना हुन सुर्खेतबाट कोहलपुर पुगेका दीपकसिंह ठकुरीको हत्यामा संलग्न भएको आशंकामा बर्दियाबाट प्रहरीले एक जनालाई गोली प्रहार गरि पक्राउ गरेको छ । प्रहरी देखेपछि भाग्न खोज्ने युवराज गिरीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बायाँ खुट्टामा गोली हानी पक्राउ गरेको हो ।
पक्राउ गर्ने क्रममा गिरीले आक्रमक गतिविधि गरेपछि गोली चलाउने परेको प्रहरीले बताएको छ । उपचारका लागि उनलाई कोहलपुर टिचिङ हस्पिटल पठाइएको छ । यसअघि घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाट पक्राउ गरिसकेको थियो । शाहीबाट गिरीको संलग्नता खुलेपछि प्रहरीले उनको खोजीलाई तीब्र बनाएको थियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया