प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।
  •   राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन संञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो।
50250632_513827385690641_529957612381274112_n.jpg
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दे राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ। 
राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन संञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो। राष्टियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरे सदनको ध्यानाकर्षण गराएका थिए। 
नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ति जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदनको कारवाही अघि बढ्न नसक्ने बताइन्। उनले भनिन्, ‘यो सरकारले खोजेको के हो? प्रतिपक्ष सडकमा जाओस् , निहुँ खोजोस् भन्ने चाहेको हो भने?’
अध्यक्षको अनुमतिमा सरकारको तर्फबाट स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले दुई अस्पतालको बारेमा खाजेर हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे। 
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे पाण्डेले भने, ‘स्वास्थ्य मन्त्रालयले ११ वटा पठाएको थियो। ९ वटाको भयो २ वटाको बारेमा किन निर्णय  भएन? अब दुई वटा अस्पताल कहा रहन्छन्? संघीय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो। प्रष्ट निर्णय नभएसम्म सदनको कारवाही अघि नबढाइयोस्। 
अध्यक्षले आसन ग्रहणका लागि पटक पटकको आग्रह पछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दगाममा उत्पादित मह विदेश निर्यात
दगाममा उत्पादित मह विदेश निर्यात
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको  बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
नागरिकको सुरक्षा नै हाम्रो चिन्ता हो, सहयोग लिन अप्ठेरो नमान्नू : प्रधानमन्त्री कार्की
कोरोना संक्रमणबाट एकको मृत्यु
कोरोना संक्रमणबाट एकको मृत्यु
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
Dhaka protests: 8 journalists assaulted
Dhaka protests: 8 journalists assaulted
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने
१५ दिनभित्र कलंकी-चक्रपथभित्रका घर टहरा आफै नहटाए डोजरले भत्काउने