तेह्रथुम,सोलुखुम्बु,कपिलवस्तु को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
तेह्रथुम,सोलुखुम्बु,कपिलवस्तु को ताजा पारीणाम

सारांश

  • तेह्रथुमका सबै स्थानीय तहमा मतगणना जारी, सबै तहमा कांग्रेस अगाडि तेह्रथुमका सबै स्थानीय तहमा मतगणना भइरहेको छ ।
  • २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
  • म्याङलुङ नगरपालिकामा का‌ग्रेसका मेयर उम्मेदवार १ सय ९२ मत सहित अगाडि छन् भने एमाले १ सय ९१ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ ।
तेह्रथुमका सबै स्थानीय तहमा मतगणना जारी, सबै तहमा कांग्रेस अगाडि

तेह्रथुमका सबै स्थानीय तहमा मतगणना भइरहेको छ । २ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । म्याङलुङ नगरपालिकामा का‌ग्रेसका मेयर उम्मेदवार १ सय ९२ मत सहित अगाडि छन् भने एमाले १ सय ९१ मतसहित कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै उपमेयरमा एमाले १ सय ९७ मतसहित अगाडि र कांग्रेस १ ससय ७८ मतसहित दोस्रो स्थानमा छ ।

त्यस्तै लालीगुराँस नगरपालिकामा कंग्रेसका मेयर उम्मेदवार ३ सय २ मत सहित अगाडि र एमाले २ सय ३९ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा एमाले उम्मेदवार २ सय ५९ मतसहित अगाडि र कांग्रेस १ सय ९३ मतसहित दोस्रो स्थानमा छन् । लालीगुराँस नगरपालिकाको वडा नम्बर १ मा एमालेको प्यानलै विजयी भएको छ । एमालेका रामबहादुर गुरुङ्ग २ सय ४२ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

मेन्छ्यायम गाउँपालिकामा कांग्रेस २ सय ३० मत सहित अगाडि र एमाले १ सय ६३ मत सहित दोस्रो सथनमा छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेस १ सय ८४ मत सहित अगाडि र एमाले १ सय ५६ मत सहित दोस्रो स्थानमा छन् । मेन्छ्यायमकै वडा १ मा कंग्रेसका शरमान लिम्बु १ सय ७४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । फेदाप गाउँपालिकाको अध्यक्षमा कंग्रेसले ९३ मतका साथ अग्रता कायम गरेको छ भने एमाले ८३ मत सहित दोस्रो स्थानमा छ ।

आठराइ गाउँपालिका अध्यक्षमा कांग्रेस ÷ माओवादी  गठबन्धनले २ सय ५६ मत पाएको छ । एमाले १ सय ४९ मत सहित कांग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै उपाध्यक्षमा माओवादी/का‌ग्रेस गठबन्धनले २ सय ३० , एमाले १ सय ६८ मत पाएको छ । छथर गाउँपालिकामा कांग्रेसले ४ सय ६० र एमालेले ४ सय १५ मत पाएको छ । उपाध्यक्षमा का‌ग्रेसले ४ सय ५६ र एमालेले ४ सय १८ मत ल्याएको छ ।

छथरकै वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नुमबहादुर मगर  ३ सय ६२ मत सहित वडाध्यक्षमा विजयी हुनुभएको छ । त्यस वठामा बागी उम्मेदवारको प्यानलनै विजयी भएको हो ।
तेह्रथुममा कुल ६० हजार ७२१ मतदाता मध्य ४२ हजार ८८७ जनाले मतदान गरेका थिए ।

सोलुका पाँच स्थानीय तहमा कांग्रेसको अग्रता, एकमा माओवादी अघि

सोलुखुम्बुका आठवटा स्थानीय तहमध्ये ६ वटामा मगतणना जारी छ । गणना भएका ६ मध्ये पाँचवटा तहमा नेपाली कांग्रेसका उम्मेद्वारले प्रारम्भिक अग्रता कायम गरेका छन् ।

महाकुलुङ्ग गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । दुधकौशिका र खुम्बु पासाङ्गल्हामु गाउँपालिकामा मत गणना सुरु हुन सकेको छैन । दलहरुबीच समझदारी कामय हुन नसक्दा गणना सुरु हुन नसकेको हो । गणना भएका

पाँच तहमा कस्को कति मत ?

सोलुदुधकुण्ड नगरपालिका

कांग्रेस: मेयर ४२ उपमेयर २९
एमाले: मेयर ८ उपमेर १२
माओवादी केन्द्र: मयेर ५ उपमेयर १४

लिखुपिके गाउँपालिका

कांग्रेस: प्रमुख ५२४ उपप्रमुख ४७६
एमाले: प्रमुख २७६ उपप्रमुख ३४८
माओवादी केन्द्र: प्रमुख ५३४ उपप्रमुख ६१०

महाकुलुङ्ग गाउँपालिका

कांग्रेस: प्रमुख २७८
एमाले: प्रमुख २५५
माओवादी केन्द्र: प्रमुख २७९

नेचासल्यान गाउँपालिका

कांग्रेस: प्रमुख ११२ उपप्रमुख ७९
एमाले: प्रमुख ७३ उपप्रमुख १०७
माओवादी केन्द्र: प्रमुख ६४ उपप्रमुख ४२

दुधकोशी गाउँपालिका

कांग्रेस: प्रमुख ३९ उपप्रमुख ४१
एमाले: प्रमुख ६५ उपप्रमुख ६९
माओवादी केन्द्र: प्रमुख ३६ उपप्रमुख ६५

सोताङ गाउँपालिकामा पनि कांग्रेसले अग्रता कायम गरेको छ । तर, परिणाम प्राप्त हुन सकेको छैन ।

कपिलवस्तुका १० वटै स्थानीय तहको यस्तो छ पछिल्लो परिणाम

 

कपिलवस्तु जिल्लाका ६ वटा नगरपालिका र ४ वटा गाउँपालिकाको पछिल्लो परिणाम यस्तो छ ।
कपिलवस्तु नगरपालिका
नेपाली कांग्रेस – १७७
स्वतन्त्र ग्यालेन चुनाव चिन्ह – १४४

वाणगंगा नगरपालिका
कांग्रेस–माओवादी गठबन्धन – ४१६
एमाले – ३३२

कृष्णनगर नगरपालिका
राप्रपा – १०५
स्वतन्त्र – ४७
नेपाली कांग्रेस– ३५

महाराजगञ्ज नगरपालिका 

स्वतन्त्र वालवालिका चिन्ह – ३२६

नेपाली कांग्रेस – २००

बुद्दभुमी नगरपालिका

नेपाली कांग्रेस – २२७

एमाले – १८५
माओवादी केन्द्र – २८

शिवराज नगरपालिका
एमाले – ५८४
लोकतान्त्रिक फोरम – १४६
माओवादी केन्द्र – २०५
राप्रपा – ११४

मायादेवी गाउँपालिका
संघीय समाजवादी फोरम नेपाल – ३१
बहुजन शक्ति पार्टी – १७
लोकतान्त्रिक फोरम १३

विजयनगर गाउँपालिका
स्वतन्त्र केटाकेटी चुनाव चिन्ह – ७४
एमाले – ६४
नेपाली कांग्रेस –  १४

यसोधरा गाउँपालिका
माओवादी केन्द्र – ५९
नेपाली कांग्रेस – ३३
स्वतन्त्र – २४

शुद्दोधन गाउँपालिका
नेपाली कांग्रेस – १४४
एमाले – १२०
राप्रपा – ११४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज : नेविसंघको भविष्य निर्धारण हुने
चीन भ्रमणको अन्तिम तयारी गर्दै प्रम ओली, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
चिठी घटे पार्सल बढे !
चिठी घटे पार्सल बढे !
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
गठबन्धनका उम्मेदवारलाई पछि पार्दै दिनेश राई वडाध्यक्षमा पुनःनिर्वाचित
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सिआइबीको टोलीलाई भारत पठाइयो
Mimoh and Madalsa host a wedding reception for friends and family, see pics
Mimoh and Madalsa host a wedding reception for friends and family, see pics
‘लेकैमा फुल फुल्यो’ बोलको गीत बजारमा (भिडियोसहित)
‘लेकैमा फुल फुल्यो’ बोलको गीत बजारमा (भिडियोसहित)
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै
ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव!
ट्रम्पले ढुंगा हान्ने आप्रवासीलाई गोली हान्न सुझाव!

तपाईंले छुटाउनुभयो कि?