प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश १ निर्माण व्ययसायी महासंघको सहआयोजना २ दिने e-GP तालिम उदयपुरमा सम्पन्न

सारांश

  • उदयपुर १०,माघ।
  • नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र प्रदेश नं १  निर्माण व्ययसायी महासंघको  सहआयोजना २ दिने e-GP तालिम सम्पन्न भएको छ।
  • प्रदेश १ का सोलुखुम्बु,खोटांग र उदयपुर जिल्लाका निर्माण ब्यबसायी हरु लाई निर्माण व्यवसायीसङ्घ १ नम्बर प्रदेश ले  २ दिने ईजीपी तालीम दिएको हो।

उदयपुर १०,माघ। नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र प्रदेश नं १  निर्माण व्ययसायी महासंघको  सहआयोजना २ दिने e-GP तालिम सम्पन्न भएको छ।प्रदेश १ का सोलुखुम्बु,खोटांग र उदयपुर जिल्लाका निर्माण ब्यबसायी हरु लाई निर्माण व्यवसायीसङ्घ १ नम्बर प्रदेश ले  २ दिने ईजीपी तालीम दिएको हो। निर्माण व्यवसायीसङ्घ १ नम्बर प्रदेश ले उक्त तालीमको आयोजना गरेको हो ।

उदयपुर को गाईघाटमा सम्पन्न तालीममा तीनै जिल्ला बाट २५  जना निर्माण ब्यबसायी हरुको सहभागिता थियो ।तालिमको समापन कार्यक्रम अध्यक्षता निर्माण व्यवसायी  महासङ्घका उपाध्यक्ष धीरेन्द्र दाहालले गरेका थिए भने कार्यक्रम १ नम्बर प्रदेशका अध्यक्ष मोहन प्रसाद अधिकारी,प्रदेश उपाध्यक्ष सुरेश राज सुबेदी,प्रदेश महासचिव कमल प्रसाद गौतम र जिल्ला निर्माण ब्यबसायी संघ उदयपुर का अध्यक्ष भिम राई को आतिथ्यता सम्पन्न भएको थियो। प्रशिक्षक सुबर्ण के.सी ले ईन्टरनेटको माध्यम बाट ठेक्का हाल्ने तरीकाको  बारेमा जानकारीमूलक सामग्रीका साथ तालिम प्रदान गरेका थिए ।e-GP तालिम सुरु हुनु पूर्व उदयपुर निर्माण ब्यबसायी संघ ले उदयपुर जिल्ला बाट प्रतीनिधित्व गर्दै नेपाल निर्माण ब्यबसायी संघको केन्द्रीय उपाध्यक्ष पद मा बिजयी रौताहा कन्स्ट्रक्सनको प्रोप्राइटर धीरेन्द्र कुमार दाहाल र केन्द्रीय सदस्य पदमा विजयी चन्दन कन्स्ट्रक्सनका प्रोप्राइटर सुमन्त कोइराला लाई सम्मान समेत गरेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?