जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
सारांश
- धनुषा ।
- जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ।
- सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
धनुषा । जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ। सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना ५ ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो।
बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया