प्रधानमन्त्रीको राजिनामा माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको राजिनामा माग

सारांश

  • काठमाडौं ।
  • आफ्ना माग पुरा नभएसम्म डा गोविन्द केसीले आमरण अनसन नतोड्ने भएका छन्।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच  प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गरेपछि सत्तारुढ दलका नेताले माग सम्बोधन भएको भन्दै डा.

काठमाडौं । आफ्ना माग पुरा नभएसम्म डा गोविन्द केसीले आमरण अनसन नतोड्ने भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच  प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गरेपछि सत्तारुढ दलका नेताले माग सम्बोधन भएको भन्दै डा.केसीलाई अनसन स्थिगित गर्न आग्रह गरेका थिए।

डा. केसीले पत्रकार सम्मेलन गर्दै माग पुरा नहुँदा सम्म अनसन नतोड्ने बताएका हुन् । संसदले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा १७ औं दिन देखि अनसनरत रहेका केसीको तर्फबाट क्षेत्रीले नै लिखित वक्तव्य पढेका थिए । आफूसँग भएको सहमति विपरित विधेयक पास भएको भन्दै डा। केसीको विज्ञप्तिमा यो जनतामाथि नै धोका भएको उल्लेख नरिएको छ ।

आज कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याएका थिए । प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुले अब सडक र सदनबाट आन्दोलन चर्काउने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
देशभरका स्थानीय तहको सहभागितामा न्यायिक समिति राष्ट्रिय सम्मेलन हुने
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप
ओलीलाई षड्यन्त्रकारीले दलालका रुपमा तयार गरेको प्रचण्डको आरोप
अव एकल पुरुषलाई पनि मासिक भत्ता
अव एकल पुरुषलाई पनि मासिक भत्ता
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
सुदूरपश्चिम सरकारले पायो पूर्णता
सुदूरपश्चिम सरकारले पायो पूर्णता
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
बीरगंजमा ठूलो मात्रामा लागु औषध सहित एक जना पक्राउ
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’

तपाईंले छुटाउनुभयो कि?