करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित

सारांश

  • काठमाडौँ।
  • सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन्।
  •   नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए।
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन्। 
नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताए। 
महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उनले भने, “मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ। 
पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको आर्थिक रुपान्तरणमा भूमिका निर्वाह गरेको उक्त संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 
ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले समाजमा विद्यमान गरिबी, पछौटेपनको अन्त्य गर्न उद्यमशीलताको खाँचो रहेको बताउँदै महिला वर्गको आर्थिक पहुँच नभएका कारण समाजमा हिंसा तथा विभेद् हुने गरेको विचार व्यक्त गरे। 
राष्ट्रिय समाचार समितिका पत्रकार तथा उक्त संस्थाका सल्लाहकार कृष्णराज गौतमले मुलुकमा बढ्दै गइरहेको व्यापार घाटा न्यूनीकरणका लागि घरेलु उद्योग तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिनुपर्नेमा जोड दिए। 
अधिकारकर्मी तुलसी थापाले मुलुकको विकास र समृद्धिका लागि जनताको आम्दानी वृद्धि भई उनीहरुको जीवनस्तर सदृढ हुनुपर्ने विचार व्यक्त गरे। समूहका अध्यक्ष मिना चन्द ठकुरीले करीब छ वर्ष अगाडि स्थापना गरिएको संस्थाले महिलालाई ब्यूटीपार्लर, फेसन डिजाइन, सिलाइबुनाइ, सवारी चालकलगायत विधामा सीप उपलब्ध गराउँदै आएको जानकारी गराए। 
उक्त कार्यक्रममा सञ्चारकर्मी रुपा शर्मालाई सम्मान तथा सवारी चालक तालीम सम्पन्न गरेका आठ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी
यसकारण प्रधानमन्त्रि अाेलीसंग भेट्न बालुवाटार जाँदै डा. गोविन्द केसी
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
‘सगरमाथा आरोहणले नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश दिएको छ’
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध
आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध
शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
शरणार्थी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
Did Mishal Raheja accepts that he had a crush on ‘Kundali Bhagya’ actress Shraddha Arya?
Did Mishal Raheja accepts that he had a crush on ‘Kundali Bhagya’ actress Shraddha Arya?
नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन
नांगा बाबाका चर्तिकला रोक्न माग गर्दै निवेदन
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी
काकाकुल बनेको गाउँमा यसरी छचल्कियो धारामा खानेपानी

तपाईंले छुटाउनुभयो कि?