घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
घाइते बाराका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

सारांश

  • काठमाडौं, १३ माघ।
  • जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।
  • वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

काठमाडौं, १३ माघ। जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

शनिवार साँझ बा. १ झ. १६३३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?