अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
४४ पटक हेरिएको
Shares
अख्तियारका असई चार लाख घुससहित अख्तियारकै फन्दामा

सारांश

  • काठमाडौं १४ माघ ।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
  • सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।

काठमाडौं १४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो ।

एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो । उजुरी लगत्तै काठमाडौँबाट खतिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको हो । अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैैन ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले असई पक्राउकाे सूचनाा प्राप्त भइनसकेको बताए । तर अख्तियारकाे सुर्खेत र काेहलपुर कार्यालयले भने यसकाे पुष्टि गरेका छन् । नाम नखाेल्ने शर्तमा अख्तियार सुर्खेतका एक कर्मचारीले अधिकारीलाई पक्राउ गरि काठमाडौं लगिएको बताएका छन् । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
न्यायालयको नेतृत्व खाली हुनुहुँदैनः प्रचण्ड
ठूला नेताको निगरानीमा सिआइबी
ठूला नेताको निगरानीमा सिआइबी
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
यसरी मृत्यु भयो, जिउँदै जलाइएकी हजराको
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
संविधानको व्यवहारमा प्रयोग गर्नुको विकल्प छैन : प्रदेश प्रमुख
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा छिट्टै सञ्चालन हुने
सोमबार एकैदिन ५८१ कोरोना संक्रमित थपिए