थाम्बुचेतमा प्रहरी चौकीको नयाँ भवन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
थाम्बुचेतमा प्रहरी चौकीको नयाँ भवन

सारांश

  • रसुवा, १५ माघ , भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निर्माण भएको थाम्बुचेत प्रहरी चौकीको सोमबार उद्घाटन गरिएको छ ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगअन्तर्गत रू एक करोड ६४ लाखको लागतमा सो भवन निर्माण गरिएको हो ।
  • भवनको प्रदेश नं ३ का सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो ।

रसुवा, १५ माघ , भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निर्माण भएको थाम्बुचेत प्रहरी चौकीको सोमबार उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगअन्तर्गत रू एक करोड ६४ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । भवनको प्रदेश नं ३ का सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । उहाँले शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा नेपाल प्रहरी अहोरात्र खट्ने र आपराधिक क्रियाकलाप रोक्न घटनाको सूचना दिई सुरक्षाकार्यमा सहयोग गर्न समुदायसँग आग्रह गर्नुभयो ।

विसं २०४२ मा टहरमा स्थापना भएको थाम्बुचेत प्रहरी चौकी नयाँ भवन बनेपछि काम सहज भएको छ । सात कोठे भवनमा महिला तथा पुरूष थुनुवा कक्ष, कार्यालय सञ्चालन कक्ष र प्रहरी अधिकृत तथा जवान कक्ष रहेको छ । जिल्लामा १२ प्रहरी चौकीमध्ये चार चौकी भवन निर्माण सम्पन्न भएको छ । अन्य चौकीको भवन निर्माण अगाडि बढेको छ । सो अवसरमा आफ्नो नाममा रहेको जग्गा प्रहरीलाई उपभोग गर्न भोगाधिकारको मञ्जुरी दिएको भन्दै चिलिमे जलविद्युत् केन्द्रलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?