धोनीलाई सन्यास नलिन लता मंगेशरको आग्रह
सारांश
- लोकप्रीय गायिका लता मंगेशकरले भारतीय क्रिकेट स्टार महेन्द्र सिंह ध्वनीलाई खेलबाट सन्यास नलिन आग्रह गरेकी छिन् ।
- उनले ट्वीटमार्फत् ध्वनीलाई सन्यास नलिन भनेकी हुन् ।
- एम.
लोकप्रीय गायिका लता मंगेशकरले भारतीय क्रिकेट स्टार महेन्द्र सिंह ध्वनीलाई खेलबाट सन्यास नलिन आग्रह गरेकी छिन् । उनले ट्वीटमार्फत् ध्वनीलाई सन्यास नलिन भनेकी हुन् ।
एम.एस. ध्वनीले सन्यास लिन चाहिरहेको खबर सुनिरहेको भन्दै भारतलाई उनको आवश्यकता रहेको उल्लेख गरेकी छिन् । ८९ वर्षीया गायिकाले ध्वनीको प्रशंशा समेत गरेकी छिन् । आफूले गाएको गुल्जरको गीत सम्झाउँदै जीत्न नसकेपनि नहारेको लेखेकी छिन् ।
न्युजिल्यान्डसँग भारतले सेमिफाइनलमा नराम्रो पराजय व्यहोरेको थियो । ध्वनी उक्त परिणामपछि सन्यासको निर्णयमा जानसक्ने हल्ला चलेको छ ।
लता मंगेशकर पछिल्लो समय ट्वीटले समेत चर्चामा आइरहन्छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिने क्रममा भूतो न भविष्यको जीत निकाल्न सकेको उल्लेख गरेकी थिइन् ।
सप्तकोशीमा पानीको वहाव उच्च, खतराको घण्टी र रातो झण्डा फहराइयो
सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बेलुका ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ५४ हजार ९५० सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । ६ लाख क्युसेक भार बहन क्षमता रहेको कोशीमा वालुवाका कारण पानीको सतह बढेकोले थोरै बहावमै कोशी ब्यारेजमा दबाब पर्ने गर्छ ।
२०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्काएर कोशी गाउँ पसेको थियो । त्यसयता कोशी ब्यारेज र कोशीको तटबन्धलाई विशेष ध्यान दिने गरिन्छ । कोशी ब्यारेज र तटबन्ध क्षेत्र भारतको नियन्त्रणमा रहेको छ ।
यो पनि पढ्नुस्
भारतीय सेनामाथि आक्रमण गर्ने अल कायदा प्रमुख जवाहिरीको धम्की
एजेन्सी। अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदा प्रमुख अलमन–अल–जवाहिरीले कश्मिरको विषयलाई लिएर धम्की दिएका छन्। एउटा भिडियो जारी गर्दै जवाहिरीले कश्मिरमा शसस्त्र विद्रोह गरिरका संगठनलाई जिहादी–मुजाहिद्दीन भनेर सम्वोधन गरेका छन्। ‘कश्मिरमा संघर्ष गरिरहेका जिहादीहरुले पाकिस्तानका एजेन्सीको चंगुलबाट स्वतन्त्र हुनुपर्छ।
मुजाहिद्दीनले आफ्नै प्रकारको नीति बनाउनुपर्छ।’ भिडियोमा जवाहिरीले अल्लाहको नाम लिँदै आतंंकवादलाई बढाउन दिन उक्साएका छन्। भिडियोमा जवाहिरीले दाहिनेतर्फ एउटा राइफल र बायाँतर्फ कुरान राखेका छन्। भिडियोमा जवाहिरीले भनेका छन्–अब हामी हाम्रो दिमाग एक पटक भारतीय सेना र सरकार विरुद्ध युद्ध गर्नका लागि प्रयोग गर्नुपर्छ।
यसले भारतीय अर्थ व्यवस्था तहन नहस हुन्छ र भारतलाई लगातार नोक्सान हुन्छ।’ यो भिडियोमा आतंकवादी जाकिर मुसाको पनि फोटो देखिन्छ। भिडियोमा आतंकवादी संगठन अलकाइदा कश्मिरमा भारतीय सुरक्षाकर्मी विरुद्ध जेहाद छेड्नकालागि विशेष समूह बनाउने कोशिकमा लागेको हुन सक्ने भारतय संचारमाध्यमले जनाएका छन्।
विशेषज्ञहरुका अनुसार यो भिडियोबाट अल कायदा प्रमुख कश्मिरमा रहेका आतंकवादीको समर्थन लिन चाहन्छन्। भिडियोमा जवाहिरीले पाकिस्तानको पनि आलोचना गरेका छन्। जवाहिरीले पाकिस्तान र उसको सेनालाई ‘अमेरिकाको चाप्लुसी’ भएको टिप्पणी गरेका छन्
प्रतिक्रिया