देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल

सारांश

  • दमौली, १६ माघ ।
  • नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ ।
  • शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको बताउनुभयो ।

दमौली, १६ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पु¥याएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।” “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकूदको माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यसहित वार्षिकरुपमा म्याराथन प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहको छ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ८०, रु ६० र रु ५० हजार प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई जनही रु १५÷१५ हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा १९ जिल्लाका १०४ धावकको सहभागिता रहेको नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वैकुण्ठ मानन्धर र कान्छीमाया कोजु सम्मानित 

सोही अवसरमा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धर र कान्छीमाया कोजुलाई सम्मान गर्नुभएको छ । वरिष्ठ नेता पौडेल र नगर प्रमुख न्यौपानेले संयुक्त रुपमा उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
२ रुपैयाँ ठग्नेलाई ५ हजार जरिवाना : ३ दिनमा ७८ सार्वजनिक सवारीसाधन कारबाहीमा
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
हरिशरण लामिछाने संसदीय निर्वाचन लड्ने
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
बम विस्फोट: २६ वर्षीया स्मृति रिजाल पक्राउ !
बम विस्फोट: २६ वर्षीया स्मृति रिजाल पक्राउ !
सुक्का मानोमा अनु र हिमाल
सुक्का मानोमा अनु र हिमाल
आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले
आगलागीमा २५ खसी बाख्रासहित २ सय ७४ लोकल कुखुरा जले
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्

तपाईंले छुटाउनुभयो कि?