भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
भेनेजुयला प्रकरणमा नारायणकाजीको विवादस्पद विचार

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप वर्ग र बिचारधाराबीचको लडाई भएको बताएका छन्।
  • बिहीबार राजधानीमा साम्राज्यवाद विरोधी मञ्चले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले समाजवादको दिशातर्फ जाने प्रयत्न गरेपछि साम्राज्यवादी अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको आरोप लगाए।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप वर्ग र बिचारधाराबीचको लडाई भएको बताएका छन्। बिहीबार राजधानीमा साम्राज्यवाद विरोधी मञ्चले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले समाजवादको दिशातर्फ जाने प्रयत्न गरेपछि साम्राज्यवादी अमेरिकाले भेनेजुएलामाथि हस्तक्षेप गरेको आरोप लगाए।
साम्राज्यवाद र पूँजीवादको विरुद्ध भेनेयुएला समाजवादको दिशातिर जान प्रयत्न गरिरहेको अवस्थामा त्यसलाई असफल बनाउन अमेरिका लागिरहेको भन्दै नेता श्रेष्ठले लोकतान्त्रिक मूल्य मान्यताका लागि एकढिक्का भएर अमेरिकी हस्तक्षेपको बिरुद्ध अवाज उठाउन आग्रह समेत गरे।  
अमेरिकाले अहिले भेनेजुएलाविरुद्ध चालेको कदम वैदेशिक हस्तक्षेप भएको भन्दै नेता श्रेष्ठले नेपाललगायत संसारभरका मुलुकहरुले सार्वभौमिकता र स्वाधिनताको सम्मान गर्दै अमेरिकाको यो कदमको विरोध गर्नुपर्नेमा जोड दिए। भेनेजुयला र अमेरिका बिचको यो टकराव शान्ति र युद्धबीचको टकराव समेत भएको भन्दै नेता श्रेष्ठले युद्धको पक्षमा होइन शान्तिको पक्षमा उभिनुपर्ने धारणा राखे। उनले भेनेजुएलका पक्षमा बोल्नु भनेको लोकतन्त्र र शान्तिको पक्षमा दृढतापूर्वक उभिनु रहेको जिकिर गरे।
सवै देशको आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाभिमान हुने बताउँदै नेता श्रेष्ठले यो हस्तक्षेप समाजवादी विचारधारा र श्रमजीवी वर्गमाथिको हस्तक्षेप भएको टिप्पणी गरे।  कुनै एउटा देशको सार्वभौमसत्तामाथि अर्को देशले गर्ने हस्तक्षेप गलत भएको भन्दै श्रेष्ठले यो केवल भेनेजुएला र अमेरिकाबीचको सवाल नभई एउटा समाजवादी देश बिरुद्ध पूँिजवादी देशको हस्तक्षेपको सवाल भएको ठोकुवा गरे । 
अवसर मिल्नासाथ साम्राज्यवादीहरुले कुनैपनि देशमा आफ्नो स्वार्थ लाद्न खोज्ने आरोप लगाउँदै नेता श्रेष्ठले भेनेजुयला माथिको अमेरिकी हस्तक्षेप लोकतान्त्रिक विधी र मान्यताको विरुद्ध रहेको जिकिर गरे। उनले अगाडि भने, ‘लोकतन्त्रका लागि भेनेजुयला माथि हस्तक्षेप होइन, लोकतन्त्रका बिरुद्ध भेनेजुयलामाथि हस्तक्षेप भएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?