दिल्लीमा आँधी, हावाहुरीपछि पुगेको जहाज काठमाडौंमै अवतरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दिल्लीमा आँधी, हावाहुरीपछि पुगेको जहाज काठमाडौंमै अवतरण

सारांश

  • काठमाडौँ ।
  • खराब मौसमका कारण काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली उडेको नेपाल वायुसेवा निगमको एयरबस अवतरण नगरी काठमाडौँ फर्केर आएको छ ।
  • दिल्लीको इन्दिरागान्धी विमानस्थलमा आँधी, हावाहुरी, तुवाँलो खराब मौसमले बिमान अवतरण हुन नसकेपछि काठमाडौं फर्केको हो ।

काठमाडौँ । खराब मौसमका कारण काठमाडौँबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली उडेको नेपाल वायुसेवा निगमको एयरबस अवतरण नगरी काठमाडौँ फर्केर आएको छ ।

दिल्लीको इन्दिरागान्धी विमानस्थलमा आँधी, हावाहुरी, तुवाँलो खराब मौसमले बिमान अवतरण हुन नसकेपछि काठमाडौं फर्केको हो । हिजो दिनभर काठमाडौंमासमेत पानी परेको थियो ।

आरएनए २१७ नम्बरको एयरबस बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको विमान साँझ साढे ८ बजे काठमाडौंमै अवतरण गरेको थियो । काठमाडौंबाट दिल्ली पुग्न हाराहारी १ घण्टा ५० मिनेट जति हाराहारी समय लाग्छ ।

दिल्लीस्थित इन्द्रिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण निगमको विमान अवतरण हुन नसकेर काठमाडौँ फर्किएको निगमका प्रवक्ता नवराज कोइरालाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

दिल्लीको विमानस्थलमा खराब मौसम भएका कारण विमान फर्कनु परेको हो । दिल्ली एअरपोर्टमा आँधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किनुपरेको निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?