१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
१४ औं महाधिवेशनमा सभापति उठ्ने गगन थापाको घोषणा

सारांश

  • काठमाडौं, २७ माघ ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफू १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
  • उनले भने,‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु।

काठमाडौं, २७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफू १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका छन् । उनले भने,‘कथाले मागे १४ औं महाधिवेशनमा सभापति उठ्छु।’

आइतबार बिहान गोरखामा नेपाल प्रेस युनियन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी यूवा पुस्ताले हाँक्ने बेला आएको बताएका छन्।

आफूले पार्टीको नेतृत्व लिने चाहना भएपनि कार्यकर्ताले जिम्मेवारी दिने वा नदिने त्यसमा निर्भर रहने उनको भनाई थियो । थापाले थपे,‘पार्टीले के भन्छ, कार्यकर्ता के चाहन्छन् म उहाँहरूको चाहनाअनुसार नै अघि बढ्छु, केन्द्रीय सदस्य मात्रै, महामन्त्री या सभापति जे भन्नुहुन्छ त्यहीमा म तयार छु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?