कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।

सारांश

  • हेटौडा -१ फागुन                                                                    मकवानपुर प्रदेश ३ बिपक्षि दलका नेता तथा कांग्रेस जिल्ला सभापती इन्द्र बहादुर बानियाले राइगाउ स्वास्थ चौकीलाई एम्बुलेन्स सहयोग गर्नुका साथै नगद ५० हजार पनि हस्तान्तारण गरेका छन्।
  • उनले स्वर्गीय पिताको स्मृतिमा उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
  • कार्यक्रममा बोल्दै नेता बानियाले मानवताको सेवा नै धर्म भएकोले आफुले स्वास्थ सेवामा सक्दो सहयोग स्वरुप पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेको बताए।
हेटौडा -१ फागुन                                                                    मकवानपुर प्रदेश ३ बिपक्षि दलका नेता तथा कांग्रेस जिल्ला सभापती इन्द्र बहादुर बानियाले राइगाउ स्वास्थ चौकीलाई एम्बुलेन्स सहयोग गर्नुका साथै नगद ५० हजार पनि हस्तान्तारण गरेका छन्। उनले स्वर्गीय पिताको स्मृतिमा उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै नेता बानियाले मानवताको सेवा नै धर्म भएकोले आफुले स्वास्थ सेवामा सक्दो सहयोग स्वरुप पिताको स्मृतिमा एम्बुलेन्स सहयोग गरेको बताए। काँगेस केन्द्रिय सदस्य डिना उपाध्यायले नेता बानियालाई एम्बुलेन्स दिएर सरहानिय काम गरेको भन्दै धन्यबाद दिईन। कार्यक्रममा बोल्दै नेत्री  उपाध्यायले कांग्रसले अर्को क्षेत्रमा जितेको भएपनि यो क्षेत्रमा आएर सहयोग गरेको भन्दै कम्युनिस्ट हरुले जितेर पनि फर्केर नहेरेको बताइन। बागमती -२ का वडाध्यक्ष जगत बहादुरको सभाध्यक्ष तथा नेपाली कांग्रेसकी नेत्री डिना उपाध्यायको प्रमुख आथित्यतामा भएको कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय ,जिल्ला सदस्य शेर बहादुर तामांग ,नगर सभापती आनन्दराम पराजुली , महाधिबेशन प्रतिनिधि इश्वर पण्डित ,महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ ,समाजसेबी लक्ष्मण सुबेदी सुचना प्रमुख सुजन बिडारी लगायत जनप्रतिनिधि र स्थानीयहरूको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?