प्रदेशसभा सदस्य ओलीको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रदेशसभा सदस्य ओलीको निधन

सारांश

  • रुपन्देही।
  • प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ।
  • सडक दुर्घटनामा परी घाइते उनको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
रुपन्देही। प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ। सडक दुर्घटनामा परी घाइते उनको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए। 
गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेका ओलीको १६ दिनमा काठमाडौँको मेडिसिटी अस्पतालमा गए राति १ बजे निधन भएको अस्पतालले पुष्टि गरेको थियो। 
उनको पार्थीव शरीरलाई अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय काठमाडाैंमा राखिएको र दिउँसो हेलिकोप्टरमार्फत दाङ ल्याउने कार्यक्रम रहेको नेकपा प्रदेश कार्यालय सचिव बलराम अधिकारीले जानकारी दिए। 
प्रदेशसभा सदस्य ओलीको निधनमा प्रदेशसभाको १९ गते बस्ने बैठकमा शोक प्रस्ताव पारित गरिने सचिव पुनले जानकारी दिए। ओली पूर्व नेकपा एमालेबाट दाङको क्षेत्र नं ३ को ख बाट प्रदेशसभाका लागि सांसद बनेका थिए। दङ्गीशरण गाउँपालिका–६ लेटार निवासी ओलीका श्रीमती, दुई छोरा छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
जनमत संग्रहमा जाने भन्ने कुरा भ्रामक होः गृहमन्त्री
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी
सोल्टी सिटी अर्पाटमेन्टमा आगलागी
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना: अध्यक्ष दाहाल
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना: अध्यक्ष दाहाल
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
जनताको आवाज लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार
जनताको आवाज लेख्नेलाई हतकडी हैन सम्मान गर सरकार
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
राम र उर्मिलाको स्वरमा रहेको गीत “काठमान्डौँमा डेरा ” बजारमा (भिडियो सहीत )
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल

तपाईंले छुटाउनुभयो कि?