कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
कपिलवस्तुको बाणगंगामा महिलाको हत्या, शब तौलिहवा लगियो

सारांश

  • काठमाडौं ११,फागुन ।
  • कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ।
  • वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएकोछ ।

काठमाडौं ११,फागुन ।कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक महिलाको गाेली हानी हत्या भएको छ।वाणगंगा नगरपालिका ४ कुवेरापुरकी अनिता पौडेलको हत्या भएको प्रहरीले जनाएकोछ ।

हत्या भएको अबस्थामा भेटिएकी पौडेलको हत्याको कारण खुल्न नसकेको र अनुसुन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए ।

स्थानीयवासीले पौडेलको गोली हानी हत्या गरिएको दाबी गरेका छन् । स्थानीयका अनुसार उनको पारिवारिक तथा व्यक्तिगत सम्बन्धका कारण हत्या भएको हुनसक्ने अनुमान छ । जग्गाको विषयमा पहिलादेखि नै विवाद रहेको र सोही कारण पनि हत्या भएको हुनसक्ने बताइएको छ ।

हत्या भएकी महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको पुडासैनीले बताए ।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?