मनाेरञ्जन समाचार : खाना हाेइन, अरु चीज नै खान्थिन् श्रीदेवी
सारांश
- मुम्बई।
- बलिउड अभिनेत्री श्रीदेवीको आइतबार वार्षिक पुण्यतिथि हो।
- ५४ वर्षकी श्रीदेवीको निधन २४ फेब्रुअरी, २०१८ मा दुबईको एक होटलमा बाथटबमा डुबेर भएको थियो।
मुम्बई। बलिउड अभिनेत्री श्रीदेवीको आइतबार वार्षिक पुण्यतिथि हो। ५४ वर्षकी श्रीदेवीको निधन २४ फेब्रुअरी, २०१८ मा दुबईको एक होटलमा बाथटबमा डुबेर भएको थियो। श्रीदेवीको सुन्दरताको कुरा गर्दा उनी ५४ वर्षको उमेर पनि निकै सुन्दर देखिन्थिइन्। भारतीय संचारमाध्यमका अनुसार श्रीदेवी ५४ वर्षको उमेरमा यति सुन्दर देखिनुको कारण सर्जरी थियो। उनी आफू जवान देखिन बेला बेला सर्जरी गरिरहन्थिन्। उनले २९ प्लास्टिक सर्जरी गराएकी थिइन्।अन्तिम सर्जरी त उनले निधन हुनुभन्दा केही पहिला गराएकी थिइन्।
एक जना वरिष्ठ संचारकर्मीका अनुसार जब उनी ६ वर्ष पहिला श्रीदेवीसँग भेटेका थिए, तब उनी श्रीदेवीको सुन्दरता देखेर चकित परेका थिए। यत्रो उमेरमा पनि उनको वजन निकै कम थियो भने अनुहार एकदम चम्किलो थियो। यो सबैको कारण थियो कस्मेटिक सर्जरी।
श्रीदेवी आफ्नो सुन्दरालाई लिएर निकै सचेत थिइन्। श्रीदेवीले आफ्नो सुन्दरतालाई कायम राख्नकालागि निकै ट्रीटमेन्ट लिएकी थिइन्। उनी ट्रीटमेन्टकालागि बेला बेलामा अमेरिकाको साउद क्यारोलिना जाने गर्थिन्।
भारतीय संचारमाध्यमका अनुसार एक पटक उनको सर्जरी असफल भएको थियो। जसका कारण उनको ओठको शेप बिग्रिएको थियो। त्यही कारण साउथ क्यारोलिनाका उनका डाक्टरले उनलाई डायट पिल्स लिन सुझाव दिएका थिए। उनी धेरै प्रकारका एन्टी एजिङ औषधि पनि सेवन गर्थिन्। उनी डायट पिल्स खाने भएका कारण खाना निकै कम खान्थिन्।
श्रीदेवले लेजर स्क्रीन सर्जरी, सिलिकोन ब्रेस्ट करेक्शन, बाटोक्स एण्ड आक्सी पील, फेस लिफ्ट अप्स, बडी टकिङ गराएकी थिइन्। योसँगै उनले टमीका एक्स्ट्रा फ्याट कम गर्नकालागि ट्रीटमेन्ट पनि गराएकी थिइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया