नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नख्खुमा विस्फोट हामीले नै गराएका हौँ : हेमन्तप्रकाश ओली

सारांश

  • काठमाडौं।
  • शुक्रबार साँझ ललितपुरको नख्खुमा एक जनाको ज्यान जाने गरी गराइएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ।
  •   बीबीसी नेपाली सेवाकालागि गनि अन्सारीसँग आइतबार कुरा गर्दै  सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले त्यसको पुष्टि गरे।
काठमाडौं। शुक्रबार साँझ ललितपुरको नख्खुमा एक जनाको ज्यान जाने गरी गराइएको विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ। 
बीबीसी नेपाली सेवाकालागि गनि अन्सारीसँग आइतबार कुरा गर्दै  सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले त्यसको पुष्टि गरे।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि गराइएको विस्फोटमा सर्वसाधारणको ज्यान गएकोमा आफूहरूलाई ’दुःख लागेको’ उनले बताए।
विस्फोटमा आफूहरूले सर्वसाधारणलाई चाहिँ ’निशाना नबनाएको’ ओलीको भनाइ छ।
किन विस्फोट गराइयो?
एनसेलले तिर्न बाँकी रहेको पूँजीगत लाभकरतर्फ इङ्गित गर्दै उनले ’लुटको प्रतिकारस्वरुप’ सो कदम चालिएको तर्क गरे।
संसद्को राज्य व्यवस्था समितिमा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा ’संविधानविरोधी तत्व’को संलग्नता भएको बताएकै दिन ’विप्लव’ नेतृत्वको नेकपाले विस्फोटको जिम्मेवारी लिएको हो।
‘विप्लव’ नेतृत्वको नेकपाले ललितपुरको नख्खुमा आफूहरूले विस्फोट गराएको बताएकै दिन प्रहरीले घटनाबारे तथ्य नजिक पुगेको जनाएको छ।
घटनामा संलग्न भएका जोसुकैमाथि कानून बमोजिम कारबाही गरिने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बीबीसीलाई बताए।
विस्फोटको जिम्मेवारी लिँदै विप्लव’ नेतृत्वको नेकपाले जारी गरेको विज्ञप्तिबारे पनि अनुसन्धान गरिरहेको उनले जनाए।

के हो विप्लव नेतृत्वको नेकपा?

विसं २०६९ को असारमा पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेतृत्व गरिरहेको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी पार्टीबाट अलग्गिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा छुट्टै दल बनाएका थिए।
पछि वैद्यले नेतृत्व गरेको नेकपा(माओवादी “क्रान्तिकारी हुन नसकेको“ भन्दै विसं २०७१ मंसिरमा चन्दले छुट्टै दल घोषणा गरे।
औपचारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखेको भए पनि सो दल विप्लव माओवादीका रूपमा चिनिन्छ।
उसले आफूलाई मूलधारको माओवादी पार्टी मान्ने गरेको छ र कुनै पनि निर्वाचनमा सहभागी भएको छैन।
वैद्य समूहसँग छुट्टिएदेखि नै सो दलले चक्काजाम र नेपाल बन्द गर्ने, सरकारी अधिकारीहरू कालोमोसो दल्ने, विभिन्न स्थानमा विस्फोटन गराउने र चन्दा भन्दै जबर्जस्ती आर्थिक सङ्कलन गर्ने काम गर्दै आएको छ।
पहिला माओवादीको वर्चस्व भएका पश्चिम नेपालका केही स्थानमा स्थानीय जनप्रतिनिधिहरूले आफूलाई सो दलका कार्यकर्ताले राजीनामा दिन दबाव दिने गरेको गुनासो गरेका छन्। त्यहाँ उनीहरूले ’जनसरकार’ को घोषणा पनि गरेका छन्।
बीबीसी नेपालीबाट साभार

Virus-free. www.avast.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
क्यालिफोर्नियामा अर्को विमान दुर्घटना! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो
आजको तपाइँको भाग्य यस्तो देखिन्छ!
आजको तपाइँको भाग्य यस्तो देखिन्छ!
भारि बर्षातको बिचमा मतदान सुचारु हेर्नुहोस् कहाँ कस्तो ??
भारि बर्षातको बिचमा मतदान सुचारु हेर्नुहोस् कहाँ कस्तो ??
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
थरीथरी भाषामा सपथ लिने तयारीमा सांसदहरु, हिन्दी पनि आइपुग्यो
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
रूसको मस्को जाँदै गरेको यात्रुवाहक विमान अफगानिस्तानमा दुर्घटना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत
रोजगारका लागि नेपाली विदेश जानु पर्दैन : वन मन्त्री बस्नेत
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा
एनएमएको निर्वाचन जारी : शेर्पा र लामाबीच कडा प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?