विश्व समाचार : भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयपछि इमरान खानको कद बढेको हो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विश्व समाचार : भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयपछि इमरान खानको कद बढेको हो ?

सारांश

  • बीबीसी।
  •   पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका वायु सेनाले नियन्त्रण रेखा पार गर्दै एक अर्काको इलाकामा घुसेर आफ्नो शक्ति प्रदर्शन गरेका थिए।
  • यस क्रममा पाकिस्तानले भारतको एउटा मिग विमान पाकिस्तान प्रशासित कश्मिरमा खसाल्यो र, भारतको एकजना पाइलटलाई आफ्नो कब्जामा लियो।
बीबीसी।  पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका वायु सेनाले नियन्त्रण रेखा पार गर्दै एक अर्काको इलाकामा घुसेर आफ्नो शक्ति प्रदर्शन गरेका थिए।
यस क्रममा पाकिस्तानले भारतको एउटा मिग विमान पाकिस्तान प्रशासित कश्मिरमा खसाल्यो र, भारतको एकजना पाइलटलाई आफ्नो कब्जामा लियो। पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरे। भारतीय पाइलटलाई शुक्रबार भारत सुपुर्दगी गरिने कार्यक्रम छ।
पुलवामामा १४ फेब्रुअरीमा आक्रमण भएको थियो, तर दुवै देशका सेनाबीचको रस्साकस्सी २६ देखि २८ फेब्रुअरीसम्म चल्यो।
यो क्रममा एकातर्फ भारतको राजनीतिक नेतृत्वबाट कुनै पनि आधिकारिक बयान धारणा सार्वजनिक भएको छैन भने पाकिस्तानका प्रधानमन्त्रीले यो विषयमा लगातार आफ्नो धारणा सार्वजनिक गरे। 
पहिलो पटक उनले भारत–पाकिस्तानबीच भएको पहिलो युद्ध र त्यसबाट भएको क्षतिको उदाहाण दिदै बिहीबार संसदमा क्युबाको सिसाइल संकटको उदाहारण दिए। (सोभियत संघले अमेरिका विरुद्ध क्युबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो)।
यो त्यो समय थियो जब पूरा विश्वमाथि नै संटक आइलागेको थियो। किनभने एकातफ अमेरिका र रुसबीच रस्साकस्सी चलिरहेको थियो भने भारत–चीनबीच युद्ध चलिरहेको थियो। पाकिस्तानी प्रधानमन्त्रीले बारम्बार भनेको कुरा के हो भने युद्ध कुनै पनि मुद्दाको समाधान होइन।
भारतीय पाइलट अभिनन्दलाई छोड्ने इमरान खानको निकै राम्रो निर्णय हो। अभिनन्दनले कुनै पनि अपराध गरेका छैनन्। उनी केवल युद्धबन्दी हुन्। उनी आफ्नो मुलुकको लागि काम गरिरहेका थिए। उनलाई रिहा गर्ने इमारान खानको राम्रो राजनीतिक निर्णय हो।
इमरानको यो कदमबाट भारत र  पाकिस्तानबीचको सम्बन्धमा सुधार आउन सक्छ। र यसले इमरान खानको कद बढाएको छ।
इमरान खान संचारमाध्यमका अगाडि आउँदा उत्ताउलो हुँदैनन्। जहिले देखि इमरान पाकिस्तानको राजनीतिमा आए, त्यतिबेला देखि उनी मिडियामा आउन रुची राख्थे।  उनी अन्तर्राष्ट्रिय सेलेब्रिटी भइसकेका छन्। उनी एक क्रिकेटर थिए।
जहाँ क्रिकेट खेलिन्छ, त्यहाँ उनी निकै प्रसिद्ध छन्। उनको इजजत छ, जसको उनले फाइदा उठाउँछन्। उनको कम्युनिकेशन स्किल पनि राम्रो छ। उनले जे कुरा  गर्दा पनि उनलाई फाइदा नै हुन्छ। 
उनी एक जननेता हुन्, जसको उनी फाइदा उठाउँछन्। यतिबेला पाकिस्तान र अफगानिस्तानबीच जस्तो अवस्था छ, त्यसले पाकिस्तानलाई धेरै असर पुर्याएको छ। र वतमान इमरान खानको सरकार यी दुवै मुलुकमा अमन चयन हुनुपर्छ भन्ने पक्षमा छ। जे जति विषय छन्, ती सबै वार्तामार्फत समाधान गर्नुपर्छ भन्ने उनको मत छ। 
पुलवामा घटनापछि उनले भारतको त्यो शर्त पनि स्वीकार गरे की सबैभन्दा पहिला आतंकवादमाथि कुरा हुनुपर्छ। पाकिस्तान पहिला देखि नै पश्चिमी सीमामा आतंकवाद विरुद्ध युद्ध लडिरहेको छ। पाकिस्तानी सेनापनि युद्ध नहोस भन्ने नै चाहन्छ।  सबै विषय वार्तामार्फत नै समाधान गर्न सकिन्छ।
इमरान खान जुन दिशामा पाकिस्तानलाई लिएर जान चाहन्छन् त्यो दिशा सही छ। 
अफगानिस्तानसँगको लडाइँ अन्त्य गर्न दिशामा कारवाहीलाई तीव्रता दिएका छन्।  उनी अफगानिस्तानमा युद्ध समाप्त होस र  अवस्था सामान्य होस भन्ने उनी चाहन्छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि के चाहन्छन् भने यो ‘अन्त्य नहुने लडाइँ’ अब अन्त्य होस्।
करतापुर करिडोर उनले सिखकालागि  खोल्न पहल गरेका छन्। उनी विना भिसा खिस यहाँ आउन र दर्शन गरुन्। यो राम्रो कोशिश हो।
यी ती केही चीज हुन् जो इमरानले प्रधानमन्त्री बनेपछि गरेका छन्। उनी प्रधानमन्त्री बनेको मात्र पाँच पहिना भएको छ।
यस्तोमा पाकिस्तानको जुन आर्थिक स्थिति छ, त्यसलाई यदि नियन्त्रण गर्न सके र आगामी दुई तीन वर्षमा  पाकिस्तानको ग्रोथ रेट राम्रो भयो भने उनले केही काम गर्न सके भन्न सकिन्छ। अहिले यही भन्न सकिन्छ की उनका कदम सकारात्मक छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?