भरतमोहन अधिकारीको अंगहरुले काम गर्न छोडे
सारांश
- काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।
- ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।
- फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।
ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।
फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।चिकित्सक विज्ञानअनुसार सम्पुर्ण उपाय अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खच्किँदो अवस्थामा रहेको र आज थप जटिल भएको चिकित्सकले बताए।
उनलाई कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। रक्तचाप बढाउने औषधिको प्रयोग गर्नु परेको र सम्पुर्ण प्रयासका बाबजुत पनि बचाउन सकिने संभावना कम रहेको चिकित्सकले जानकारी दिएका छन्।
प्रतिक्रिया