रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रेशम चौधरीको निलम्बन सांसदमै कार्यकाल सकिने

सारांश

  • काठमाडौं ।
  • थुनामै रहेका बेला सांसदको सपथ लिएका रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि सांसद पद रहने नरहेने भन्ने चिन्ता चर्चा चलेको छ ।
  • राष्ट्रिय जनता पार्टीबाट सांसद जितेका चौधरीलाई अदालतले जन्मकैदको फैसला भएपछि रिसको झोकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

काठमाडौं । थुनामै रहेका बेला सांसदको सपथ लिएका रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि सांसद पद रहने नरहेने भन्ने चिन्ता चर्चा चलेको छ ।

राष्ट्रिय जनता पार्टीबाट सांसद जितेका चौधरीलाई अदालतले जन्मकैदको फैसला भएपछि रिसको झोकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

चौधरीले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने अधिकार हुँदाहुँदै पनि राजपाले गरेको निर्णय राजनीतिक प्रतिशोध साँध्न गरेको जस्तो देखिन्छ । फैसलापछि रेशम चौधरीको सांसद पद नरहने भएको छ। संविधानको धारा ८७ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद सदस्य हुन नपाउने व्यवस्था छ। त्यस्तै, संविधानको धारा ८९ को खण्ड (ख) मा धारा ८७ बमोजिम योग्यता नभएमा पनि सांसद सदस्यको स्थान रिक्त रहने उल्लेख छ।

संविधानविद् भीमार्जुन आचार्यले कैलाली जिल्ला अदालतले नैतिक पतन हुने फौजदारी अभियोजमा जन्मकैद सुनाएकाले संविधानको धारा ८७ र ८९ बमोजिम चौधरीको सांसद पद नरहने बताए।

पुनरावेदन गर्ने अधिकार भए पनि उनको सांसद पद नरहने आचार्यले बताए । पुनरावेदनमा समय लाग्ने भएकाले उनको सांसद पद निलम्बनमै सकिने देखिएको हो । चौधरीको सांसद पद यस अघि नै निलम्बन भैसकेको छ । उनी थुनामै बसेर पुनरावेदन मुद्दा लड्नुपर्ने हुन्छ । उनको कार्यकाल अब ४ वर्ष समय बाँकी छ ।

गरेपछि अर्को अदालतबाट निर्दोष ठहरेपनि सो बेलासम्म कैलाली १ मा उपनिर्वाचन भएन भने उनी पुनः सांसद बन्न सक्ने आचार्यले बताए।

प्रतिनिधिसमा नियमावलीको नियम २ सय ४४ को उपनियम९४० कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसलाबमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ भन्ने उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी
चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
टर्की भूकम्प : कमसल भवन बनाउने १५ ठेकेदार पक्राउ, १ सय बढीलाई पक्राउ पुर्जी
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
Nepalis staying illegally in UAE urged to make the most of amnesty
Nepalis staying illegally in UAE urged to make the most of amnesty
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
जनस्वास्थ्यमा खेलवाड गर्ने कसैलाई छोडिन्न: कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा अवरुद्ध
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ
“गौतम बुद्दको शहर”को लोकार्पण संगै सत्य-स्वरुप साँझ