वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न

सारांश

  • काठमाडौं ।
  • संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले आइतबारको समितिको बैठकमा नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसका दुई वाईडबडी विमान खरिदमा अबौं घोटला भएको दावी गरेका छन् ।
  • उनले बैठकमा बोल्दै खरिद गर्दा प्राप्त हुने १० प्रतिशत कमिसनको रकम कता गयो भनेर प्रश्न गरेका छन् ।

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिका सभापति भरत शाहले आइतबारको समितिको बैठकमा नेपाल वायु सेवा निगमले खरिद गरेको एअर बसका दुई वाईडबडी विमान खरिदमा अबौं घोटला भएको दावी गरेका छन् ।

उनले बैठकमा बोल्दै खरिद गर्दा प्राप्त हुने १० प्रतिशत कमिसनको रकम कता गयो भनेर प्रश्न गरेका छन् ।

निगमले आयरल्याण्डको विक्रेता कम्पनीबाट करिब २४ अर्ब रुपैयाँमा एअर बसले उत्पादन गरेका दुई वटा वाइडबडी विमान खरिद गरेको थियो । सो खरिद प्रक्रियामा उत्पादक कम्पनीले वैध रुपमा क्रेतालाई कमिसनका रुपमा १० प्रतिशत दिने प्रचलन भएकाले सो रकम कता गयो भनेर प्रश्न समितिमा उठेको छ ।

यस्तै समितिमा विमानको स्वामित्वबारे पनि आशंका भएको भन्दै विमान खरिदको प्रमाणपुर्जाबारे पनि प्रश्न गरिएको छ ।

समितिमा एअर बसले ४९ प्रतिशतसम्म छुट दिने गरेको भन्दै यस्तो छुटको प्रस्ताव किन नगरेको भन्दै प्रश्न गरिएको छ ।

बैठकमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले गठन गरेको छानविन समितिको नियतमाथि पनि प्रश्न उठाइएको छ । निगम सञ्चालक समितिका पदाधिकारी नै छानविन समितिमा रहेको भन्दै त्यस्तो छानविन समितिले निकालेको निश्कर्ष निष्पक्ष हुनेमा समितिले आशंका गरेको छ ।

मन्त्रालयले विमान खरिद सम्बन्धि निर्णय प्रक्रियामै संलग्न रहेका व्यक्तिहरुलाई समावेस गरेर छानविन समिति बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?