न्युयोर्कमा सडकको नाम किन राखियो सगरमाथा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
न्युयोर्कमा सडकको नाम किन राखियो सगरमाथा ?

सारांश

  • न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे अर्थात सगरमाथा मार्ग नामाकरण गरिएको छ ।
  • हिजो एक विशेष समारोह आयोजना गरी औपचारिक रुपमा ज्याक्सन हाइटको ७५ स्ट्रीटलाई सगरमाथा मार्ग नामाकरण गरिएको हो ।
  • गत डिसेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको थियो ।

न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे अर्थात सगरमाथा मार्ग नामाकरण गरिएको छ । हिजो एक विशेष समारोह आयोजना गरी औपचारिक रुपमा ज्याक्सन हाइटको ७५ स्ट्रीटलाई सगरमाथा मार्ग नामाकरण गरिएको हो ।

गत डिसेम्बरमा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने न्युयोर्क सिटी काउन्सिलले निर्णय गरेको थियो । ७५ स्ट्रीटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।

उक्त प्रस्ताव न्युयोर्क सिटीका काउन्सिल सदस्य कोस्टा कोन्स्टानटिनिडेजले बैठकमा राखेका थिए । कोस्टाले न्युयोर्क सिटी काउन्सिलमा २२ औं जिल्लाको प्रतिनिधित्व गर्छन् । कोष्टाले न्युयोर्क राज्यमा ड्राइभर लाइसेन्स र आइडी फर्म नेपाली भाषामा भर्न सकिने व्यवस्थाका लागि समेत पहल गरेका थिए ।
माउन्ट एभरेष्ट वे नामाकरण गर्न अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा विभिन्न समिति र उपसमितिहरु समेत बनाइएको थियो ।

नामाकरण समारोहमा उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको थियो । अमेरिकामा रहेका नेपालीले त्यहाँको स्ट्रीटको नाम सगरमाथा राखिएको क्षणलाई गौरवको रुपमा लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?