नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने

सारांश

  • काठमाडौं ।
  • नेकपाका सांसदले नचाहँदा नचाहँदै मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नियुक्ति हुने देखिएको छ ।
  • संसदीय सुनुवाइ समितिको वैठक समयमा नबस्दा स्वतः नियुक्ति हुने बाटो खुलेको हो।

काठमाडौं । नेकपाका सांसदले नचाहँदा नचाहँदै मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नियुक्ति हुने देखिएको छ । संसदीय सुनुवाइ समितिको वैठक समयमा नबस्दा स्वतः नियुक्ति हुने बाटो खुलेको हो।

नियमले तोकेको सीमाभित्र समितिले अन्सारीका विषयमा कुनै निर्णय नलिएपछि अब उनी अध्यक्ष हुन कसैले रोक्न नसक्ने देखिएको छ । नेकपाका सांसद योगेश ढकाल, सुरेन्द्र पाण्डे लगायतले उनलाई स्वतः पछि हट्न आग्रह गरेका थिए । तर, उनी मानेनन् ।

नेकपाका सांसद पक्ष र विक्षमा बाँडिएपछि उनलाई अध्यक्षका लागि बाटो खुलेको हो । नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेका अन्सारीलाई समितिले अस्विकृत गर्न नसक्दा उनी अब स्वतः अध्यक्ष हुने देखिएको हो ।

संवैधानिक परिषद्ले माघ १० गते अन्सारीलगायत ५ जनालाई विभिन्न संवैधानिक आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारीस गरेको थियो ।

परिषद्ले पत्र पठाएको ४५ दिनभित्र समितिले सिफारिस नामलाई उजुरी लिएर अनुमोदन, अस्वीकार गरिसक्नुपर्छ । नियम अनुसार परिषदले पत्र पठाएको हिजो शनिबार ४५ दिन पुगेको छ। अन्सारीको विषयमा समितिले कुनै निर्णय गर्न नसक्दा उनी स्वतः अनुमोदन हुन पुगेका हुन्।

(https://fii-institute.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?