महङ्गी नियन्त्रणमा सरकार आफै उदासिन : निधि

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २, २०७५
|
|
२६ पटक हेरिएको
Shares
महङ्गी नियन्त्रणमा सरकार आफै उदासिन : निधि

सारांश

  • नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउनुभएको छ ।
  • नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको शुक्रबार यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताउनुभयो ।
  • सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाउनुभयो ।

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले देशमा महङ्गी बढेपनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन भएको आरोप लगाउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घको शुक्रबार यहाँ आयोजित दशौँ केन्द्रीय परिषद् भेलामा बोल्दै उपसभापति निधिले जनताको हितमा सरकारले केही गर्न नसकेको बताउनुभयो । सरकार लोकतन्त्र, किसान र मजदुर विरोधी भएको उपसभापति निधिले आरोप लगाउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । “भ्रष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन”, थापाले भन्नुभयो । रासस

(Alrpazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?