पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पुर्नगठन हुँदै मन्त्रिमण्डल, कुन कुन मन्त्री फेरिँदैछन्?

सारांश

  • काठमाडौं ।
  •   सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्।
  • हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्ग्चित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन्।
काठमाडौं ।  सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्ग्चित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन्।
दुई तिहाइ बहुमतको सरकार हुँदासमेत मन्त्रीको काम सन्तोषजनक नदेखिएकाले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी प्रधानमन्त्रीले गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओली निकटका उच्च स्रोतले दिएको जानकारीअनुसार काठमाडौंमा हुने लगानी सम्मेलनपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, खानेपानीमन्त्री विना मगर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाललगायत कमजोर देखिएको स्रोतको दाबी छ।
शनिबार जनकपुर पुगेका भौतिक पूर्वाधारमन्त्री महासेठले मन्त्री पदबाट हट्न लागेको संकेत दिएका छन् ।
यसैगरी, उद्योगमन्त्री यादवले समेत मन्त्री नरहने संकेत दिइसकेका छन् । दुई दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री यादवले मन्त्री हेरफेर हुन लागेको संकेत गर्दै जनताको सेवामा सधैं लागि रहने बताए ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो मन्त्रालय खाली छ । नेकपा स्रोतका अनुसार रिक्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराईलाई लैजानेबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमा छलफल भएको छ ।
मन्त्रिमण्डल पुर्नगठनको विषयमा शनिबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। स्रोतका अनुसार प्रधानमन्त्रीसँग प्रचण्डले केही मन्त्रीलाई मात्र फेरबदल गर्दा नराम्रो संकेत जाने भन्दै सबै मन्त्री फेरिर नयाँ र काम गर्नसक्नेलाई मौका लिन प्रस्ताव गरेका थिए। तर, प्रचण्डको प्रस्तावप्रति प्रधानमन्त्री ओली सकारात्मक नदेखिएपछि मन्त्री फेर्ने जिम्मा प्रधानमन्त्रीकै हो भन्ने प्रचण्डले अभिव्यक्ति दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने
नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
रुकुम पश्चिममा करिब साढे १३ हजार लाभग्राहीले पाए पहिलो किस्ता
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ : प्रधानमन्त्री
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’
श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने
काँग्रेसको घोषणापत्रः पर्यटकबाट ४ खर्ब कमाउने, इन्धनबाट चल्ने गाडी शून्यमा झार्ने

तपाईंले छुटाउनुभयो कि?