राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
राप्रपाको स्वाभिमान यात्रा काठमाडौं प्रवेश गर्यो ।

सारांश

  • काठमाडौं ।
  • राप्रपाले संचालन गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अहिले भर्खरै काठमाडौं उपत्यका प्रवेश गरेको छ ।
  • काठमाडौंको नागढुङ्गामा काठमाडौं जिल्लाले मोटरसाइकल र्‍याली सहित भब्य स्वागत गरेको छ ।
काठमाडौं । राप्रपाले संचालन गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अहिले भर्खरै काठमाडौं उपत्यका प्रवेश गरेको छ ।काठमाडौंको नागढुङ्गामा काठमाडौं जिल्लाले मोटरसाइकल र्‍याली सहित भब्य स्वागत गरेको छ ।पोखराबाट आज यात्रा तनहुँ र धादिङको विभिन्न स्थानमा सभा गरि काठमाडौं उपत्यका प्रवेश गरेको हो। आजै ललितपुरको जावलाखेलमा कोणसभा गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । ताप्लेजुङबाट गत फागुन १५ गते देखि शुरु भएको यात्रा महाकालीको कंचनपुर पुगि पाल्पा, स्याङ्जा , कास्की तनहु हुँदै काठमाडौं आयको हो । यात्राको समापन चैत १ गते भक्तपुरमा सभा गरि कलश यात्राका साथ भृकुटीमण्डपमा सभा गरि सम्पन्न हुने सहायक महामन्त्री बर्तौलाले बताए । सभालाई राप्रपा अध्यक्ष कमल थापा लगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राप्रपाले २२ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री केपि शर्मा ओलिलाई बुझाएर आन्दोलनको घोषणा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?