नेपाल कतारसँग पराजित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपाल कतारसँग पराजित

सारांश

  • काठमाडौँ, ११ चैत  एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
  • कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो ।
  • यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।

काठमाडौँ, ११ चैत  एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । खेलको २५औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुआती अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३–० को भयो । त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५–० को सहज जित दिलाए ।

(https://andeglobal.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?