सभापति देउवा विरुद्ध कांग्रेस कार्यकर्ताले गरे उजुरी
सारांश
- काठमाडौं ।
- गुट अन्त्य गर्ने बताउँदै आएका नेपाली कांग्रेसको एउटा गुटले सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी दर्ता गरेका छन् ।
- कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवालाई कारबाहीको माग गरेका छन् ।
काठमाडौं । गुट अन्त्य गर्ने बताउँदै आएका नेपाली कांग्रेसको एउटा गुटले सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी दर्ता गरेका छन् ।
कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवालाई कारबाहीको माग गरेका छन् । बजगाइँले पार्टीको अनुशासन समितिमा उजुरी दर्ता गर्दै कारबाहीको माग गरेका हुन् ।
देउवाले कम्युनिष्ट सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पार्टीमा सर्वसम्मत गराउन दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।
बजगाईंले उजुरीमा भनेका छन्, ‘यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन, सिंगो पार्टीको साखसमेत गिरेको छ। यसकारण देउवामाथि विधान अनुसार हदैसम्मको कारबाही गर्न माग गर्छु।’
पार्टीभित्र सभापति देउवाले पद्धति मिचेको र दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । उजुरी छानबिन गर्न भीष्म आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ।
प्रतिक्रिया