प्रतिमृतक परिवारलाई रु ३ लाख राहत

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • पर्सा, १८ चैत, प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
  • वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो ।
  • प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

पर्सा, १८ चैत, प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो ।

प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । उहाँले हुरीमा परी क्षति भएका घरलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?