राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीद्वारा आठौँ खेलकूदको उद्घाटन गरिने

सारांश

  • काठमाडौँ, २१ चैत : आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेभएको छ ।
  • प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
  • उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ ।

काठमाडौँ, २१ चैत : आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेभएको छ । प्रदेश नम्बर ५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुत गरिनेछ । यस्तै प्रतियोगिताको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सोही रङ्गशालामा वैशाख ११ गते साँझ आयोजित कार्यक्रममा समापन गरिनेछ ।

यसअघि पूर्वाञ्चलमा आयोजना गरिएको सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो । सोही समापन समारोहमा नवौँ राष्ट्रिय खेलकूदको मिति र स्थानसमेत घोषणा हुने राखेपले जनाएको छ । प्रतियोगिताका खेल भने यही चैत २७ गतेदेखि शुरु हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?