६० सांसद रहेको गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
६० सांसद रहेको गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद

सारांश

  • काठमाडौँ ।
  •  गण्डकी प्रदेशसभामा ६० सांसद रहन्छन् ।
  • संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ ।

काठमाडौँ । गण्डकी प्रदेशसभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ । यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ । सोही अनुसार सांसदहरू निर्वाचित भएर आइसकेका छन् ।

अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए । ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए । अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन् । केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन् ।

अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन् । दुवै जिल्लाबाट ११(११ सांसद चुनिएका हुन् । कास्कीमा एमालेका ८ सांसद छन् भने काँग्रेसका ३ सांसद छन् । बागलुङमा काँग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन् ।

समानुपातिक तर्फ एमालेले १० सीट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो । एमालेबाट समानुपातिक तर्फ ६ जिल्लामा सांसद निल छ । मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन् । यस्तै, स्याङ्जाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन् ।

समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ । कुनै पनि दलले यी जिल्लामा समानुपातिक सांसद बनाएका छैनन् । गण्डकीमा २७ सीट सहित काँग्रेस पहिलो दल बन्दा २२ सीट सहित एमाले दोस्रो, ८ सीट सहित माओवादी तेस्रो, २ सीटको राप्रपा चौथो र १ सीटको एकीकृत समाजवादी पाँचौँ शक्ति बनेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    registrēties binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?