च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
२० पटक हेरिएको
Shares
च्याम्पियन्स लिग : अजाक्ससँग युभेन्टस २-१ ले पराजित

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  • च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टस अजाक्ससँग २-१ ले पराजित भएपछि समग्रमा ३-२ को हारले उसको यात्रामा विराम लगाएको हो।
  • हारसँगै पाँच पटकका विजेता रोनाल्डोको छैटौं पटक उपाधि जित्ने सपनामा यस सिजनलाई रोकिएको छ।

काठमाडौं, ४ बैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टस अजाक्ससँग २-१ ले पराजित भएपछि समग्रमा ३-२ को हारले उसको यात्रामा विराम लगाएको हो।

हारसँगै पाँच पटकका विजेता रोनाल्डोको छैटौं पटक उपाधि जित्ने सपनामा यस सिजनलाई रोकिएको छ। उनले यसअघि ३ फरक क्लब पाँचपटक उपाधि जितेका छन्। रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडबाट एक तथा रियल मड्रिडबाट चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

हिजोको खेलमा युभेन्टसका लागि रोनाल्डोले खेलको पहिलो हाफमा २८ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए। तर युभेन्टसको अग्रतालाई अजाक्सले ३४ औं मिनेटमा गोल गर्दै बराबरीमा फर्कायो। अजाक्सका लागि सो गोल डुनी भान डी बीकले गरेका थिए।

पहिलो हाफमा १-१ को बराबरीमा सकिएको खेलमा युभेन्टसको उपाधि यात्रामा अजाक्सले खेलको ६७ औं मिनेटमा गोल गर्दै कठिन मोडमा पुर्‍यायो। सो गोल अजाक्सका कप्तान माथिस्सडी लिग्टले गरे।

त्यसपछि अवे गोल गर्दै सेमिफाइनल यात्राका तय गर्ने युभेन्टसले बराबरी गोल फर्काउनुपर्ने परिस्थितिको श्रृजना भयो तर उसले गोल गर्न सकेन। यसरी ऊ अन्तिम ८ बाटै बाहिरियो। अजाक्स सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?